News Portal

  • कामना सेवा विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०८०
    ५१८ पटक
    १९ मंसिर, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकले सत्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

    बैंक सञ्चालक समितिको सोमबार (मंसिर १८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १७ गते आयोजना गर्ने निर्णय गरेको हो। साधारणसभाका लागि बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ मंसिर २९ गतेको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

    बैंकले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु स्वीकृत गर्नेछ। उक्त आर्थिक वर्षका लागि बैंकले लाभांश प्रस्ताव गरेको छ। त्यसैले शेयरधनीहरुको हात खाली हुने भएको छ।

    उक्त आर्थिक वर्षको अन्त्यसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने बैंकले निर्णय गरेको छ।

    प्रतिकृया दिनुहोस्