News Portal

  • निफ्रा बैंकले डाक्यो पाँचौं साधारणसभा, ९० करोड ९४ लाख रुपैयाँ लाभांश बाँड्ने

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०८०
    १६३ पटक
    १५ मंसिर, २०८०

    काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले पाँचौं वार्षिक साधारणसभा पुस १७ गते काठमाडौंमा बिहान ९ बजे बोलाएको हो ।

    बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी २१ ऋर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतका दरले ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ ।

    बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

    संस्थापक समूहबाट ३ जना सञ्चालक निर्वाचन गर्नेछ । यस्तै, सर्वसाधारण समूहबाट सञ्चालक बनेका प्रवीण सुवेदीको नियुक्तिलाई अनुमोदन गर्नेछ ।

    बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ६ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्