News Portal

  • कम्प्युटर सुरक्षा दिवसको अवसरमा एसबिआई बैंकका कर्मचारीले गरे प्रतिज्ञा

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०८०
    १४८ पटक
    १४ मंसिर, २०८०

    काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूले कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने प्रतिज्ञा गरेका छन् । कर्मचारीहरुले बैंकको नीतिअनुरुप कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका हुन् ।

    बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराएका हुन् ।

    सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेन्द्र कांत, र अन्य उच्च पदाअधिकारीहरूको उपस्थिति थियो ।

    सन् १९८८ देखि विश्वभर कम्प्युटर सम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले हरेक नोभेम्बर ३० तारिखका दिन ‘कम्प्युटर सुरक्षा दिवस’ मनाइँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्