News Portal

  • लाभांश पारित गर्न नबिल बैंकले डाक्यो वार्षिक साधारणसभा

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०८०
    १४१ पटक
    १४ मंसिर, २०८०

    काठमाडौं । नबिल बैंकले गत वर्षको लाभांश पारित गर्न आगामी पुस १३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त सभा गर्न लागेको हो ।

    उक्त सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ११ प्रतिशत नगद लाभांश पारित गर्दै छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

    त्यस्तै, सभाको मिति तय गरिसकेको कम्पनीले बुक क्लोजको हालसम्म मिति तय गरेको छैन ।

    प्रतिकृया दिनुहोस्