News Portal

  • पुतलीबजारमा सानिमा बैंकको नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता१३ मंसिर, २०८०
    १६० पटक
    १३ मंसिर, २०८०

    काठमाडौं । सानिमा बैंकले बुधबारदेखि स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, कम्पनीका सञ्चाकल रमेश कुमार पोखरेल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पान्डेले संयुक्त रुपमा गरेका हुन् ।

    उक्त अवसरमा कलाकार श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

    त्यसैगरी, कम्पनीका सञ्चालक पोखरेलले सानिमा बैंकलाई विश्वास गरि सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने सबै ग्राहक तथा सरोकारवालाहरु धन्यवादको पात्र रहेको बताए । बैंकको देशका सात वटै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा एटीएम सञ्चालनमा छन् ।
    प्रतिकृया दिनुहोस्