News Portal

  • एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत बनायो वित्तीय चेतनामूलक ५ भिडियो

    आर्थीकसंसार संवाददाता१२ मंसिर, २०८०
    १५१ पटक
    १२ मंसिर, २०८०

    काठमाडौं । एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु बनाएको छ ।

    आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए ।

    उक्त भिडियोहरुमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा-बत्ती तथा स्कूलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्धि हुने बैंकको विश्वास छ ।

    साथै, बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई) सँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता (फाइनान्सियल लिट्रेसी) कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।

    प्रतिकृया दिनुहोस्