काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २ लाख २ हजार ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११ सय ७४ पुगेको छ । यसैगरी हालसम्म कुल १ लाख ६२ हजार २ सय ४३ जना निको भएका छन् भने १५ लाख ७४ हजार २ सय ९५ जनाको पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार बुधबार २ हजार ५ सय ६९ जना संक्रमित थपिएका छन् भने १ हजार ६ सय ६६ जना निको भएका छन् । यस्तै ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना निको हुने दर ८० प्रतिशत रहेको छ भने अझै क्वारेन्टिनमा १ हजार १ सय ९ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार १ सय ७७ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ । यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा थप १ हजार २ सय ६१ जनामा संक्रमण भएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७५ हजार ३ सय २०, ललिपुरमा १० हजार ७ सय ५१ र भक्तपुरमा ६ हजार ७ सय ६५ जना पुगेको छ । जसमध्ये अहिले पनि काठमाडौंमा १७ हजार १ सय ६४, ललितपुरमा २ हजार ५ पाँच ६ र भक्तपुरमा १ हजार २ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी काठमाडौंमा हालसम्म ५७ हजार ८ सय ६७, ललितपुरमा ८ हजार १ सय ६८ र भक्तपुरमा ५ हजार ४ सय १६ जना संक्रमण मुक्त भएका छन् । यसैगरी काठमाडौंमा २ सय ८९, भक्तपुरमा ७४ र ललितपुरमा ७७ को मृत्यु भएको छ ।
हाल मनाङ बाहेक देशका अरु सबै जिल्लामा सक्रिय सक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
देशभर ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित
आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७७
२६ कार्तिक, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने