News Portal

  • प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०८०
    २०३ पटक
    ११ मंसिर, २०८०

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    जाजरकोटको भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराई बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा नेपाल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ ।

    नेपाल बैंक, सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, बालुवाटारमा आज आयोजित एक कार्यक्रममा ५० रुपैयाँ लाखकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष हस्तान्तरण गरेका छन् । बैंकबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक परिवारलाई धन्यवाद ज्ञापन गरे ।

    उक्त कार्यक्रममा बैंकको सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे ।

    उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य ववेक शम्शेर ज.ब.रा., का.मु.प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्