News Portal

  • लक्ष्मी सनराइज बैंक गल्फ प्रतियोगिताको उपाधि नोर्बु छिरिङले जिते

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०८०
    १४६ पटक
    १० मंसिर, २०८०

    काठमाडौं । आठौँ लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि नोर्बु छिरिङ शेर्पाले जितेका छन् ।

    शनिबार गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा शेर्पाले ४१ स्टेबलफोर्ड अंक जोडेर आशिष श्रेष्ठलाई पराजित गर्दै ट्रफी उचालेका हुन् । प्रतिस्पर्धी श्रेष्ठ ४० अंक बनाएर उपविजेता बनेका छन् ।

    प्रतिस्पर्धामा टशी दोङले ३९ ग्रोस अंक जोडेर उत्कृष्ट ग्रसको अवार्ड जितेका छन् । यस्तै, महिलातर्फ ३४ अंकका साथ सुमित्रा खड्का विजेता र ३३ अंकका साथ आरती राना उपविजेता बनेका छन् । प्रतियोगितामा सात जना महिलासहित ९६ जना गल्फरले सहभागिता जनाएका थिए ।

    प्रतियोगिताका विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनलगायतले पुरस्कार वितरण गरेका थिए।

    प्रतिकृया दिनुहोस्