News Portal

  • रिबाकिनाले जितिन् पहिलोपटक यूएस ओपन, बनिन् विश्व नम्बर–१

    आर्थीकसंसार संवाददाता२८ भदौ, २०८३
    १२ पटक
    २८ भदौ, २०८३

    काठमाडौं । कजाकिस्तानकी एलेना रिबाकिनाले पहिलोपटक यूएस ओपन महिला एकलको उपाधि जितेकी छन् ।

    न्युयोर्कमा भएको रोमाञ्चक फाइनलमा रिबाकिनाले बेलारुसकी आर्यना सबालेन्कालाई ६–४, ५–७, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा गरेकी हुन् ।

    यससँगै रिबाकिनाको नाममा तीनवटा महिला एकल ग्रान्डस्लाम उपाधि पुगेको छ। उनी सोमबार आधिकारिक रूपमा विश्व नम्बर–१ महिला टेनिस खेलाडी बन्नेछिन् ।

    रिबाकिनाले यसअघि २०२२ मा विम्बल्डन र २०२६ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। अस्ट्रेलियन ओपनको फाइनलमा पनि उनले सबालेन्कालाई नै पराजित गरेकी थिइन् ।

    यूएस ओपनको उपाधि जितेसँगै रिबाकिनालाई अब करिअर ग्रान्डस्लाम पूरा गर्न फ्रेन्च ओपनको उपाधि जित्न मात्र बाँकी छ ।

    प्रतिकृया दिनुहोस्