आर्थीकसंसार संवाददाता८ मंसिर, २०८०
८ मंसिर, २०८०काठमाडौं । गरिमा विकास बैंक मंसिर ७ गते बिहीबारदेखि १७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले यस अवसरमा हालसम्म निरन्तर साथ दिने सेवाग्राही,सेयरधनी,नियमनकारी निकायहरु, कर्मचारी तथा शुभेच्छुकहरुप्रति कृतज्ञता व्यक्त गरेको छ ।
कम्पनीले सोही अवसरमा काठमाडौंको पुतलीसडकमा १२३औं शाखा विस्तार गरेको छ छ । त्यसैगरी, कम्पनीले सोही दिन देशका विभिन्न स्थानमा १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत रक्तदान, डस्टबिन हस्तान्तरण, बृद्धाश्रममा न्यानोकपडा वितरण छात्रछात्राका लागि ब्याग हस्तान्तरण, ट्राफिक प्रहरीका लागि डिजिटल बोर्ड, वित्तीय कक्षा सञ्चालन, कुर्सी वितरण लगायतका कार्यक्रमहरु सम्पन्न गरेको बताएको छ।