News Portal

  • माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष के.सी.ले ग्रहण गरे शपथ

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०८०
    १४० पटक
    ८ मंसिर, २०८०

    काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले शपथ ग्रहण गरेका छन्

    बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सी.ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । कम्पनीको बिहीबार बसेको ४९१ औं सञ्चालक समितिको बैंठकले उनलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

    माछापुच्छे बैंकको  बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले रोशन के.सीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । उनी एक सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आएका छन् ।

    प्रतिकृया दिनुहोस्