News Portal

  • कामना सेवा विकास बैंक र वेस्टर्न एसियन होटलबीच सम्झौता

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०८०
    १३० पटक
    ७ मंसिर, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल स्थित वेस्टर्न एसियन होटेल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने रेष्टुरेन्ट तथा आवास सेवामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ र यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्