News Portal

  • साधारणसभा भएको दिन नै सिद्धार्थ बैंकले जम्मा गर्याे सेयरधनीको खातामा लाभांश

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०८०
    १४१ पटक
    ७ मंसिर, २०८०

    काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको बैंकले जनाएको छ ।

    बैंकको मंसिर ५ गते सम्पन्न २२औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट सेयरधनीहरूलाई ४.२१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश सेयरधनीहरूको बैंक खातामा मंसिर ५ गतेदेखि नै जम्मा गरेको बैंकले जनाएको छ ।

    हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई तत्काल गर्न बैंकले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ ।

    नगद लाभांश बैंक खातामा नगएका सेयरधनीहरूको विवरण सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरूले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

    प्रतिकृया दिनुहोस्