News Portal

  • कामना सेवा विकास बैंक र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज बीच सम्झौता

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०८०
    २१४ पटक
    ७ मंसिर, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल रुपन्देही स्थित लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजबीच सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त लुम्विनी हस्पिटल एण्ड टेक्निकल कलेजमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो सेवा प्रदान गरि रहेको छ ।

    प्रतिकृया दिनुहोस्