News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा मंसिर २४ गते, यस्ता छन् प्रस्ताव

    आर्थीकसंसार संवाददाता३ मंसिर, २०८०
    २६ पटक
    ३ मंसिर, २०८०

    काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले ३७औं वार्षिक साधारण सभा मंसिर २४ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा दिउसो ३ बजे बोलाएको हो ।

    बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको कर प्रयोजन सहित १९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

    बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

    बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर ७ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्