News Portal

  • ग्लोबल आइएमई बैंकले अब मर्जर नगर्ने, लाभांश पारित गर्न बोलायो साधारणसभा

    आर्थीकसंसार संवाददाता१ मंसिर, २०८०
    १४३ पटक
    १ मंसिर, २०८०

    काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले १७ औं वार्षिक साधारण सभा मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ९ बजे बोलाएको हो ।

    बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    बैंकको सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारणबाट ३ जना नयाँ सञ्चालकको चयन गर्नेछ ।

    बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

    विगतका वर्षहरुमा बैंकले मर्जरको एजेण्डा राख्ने गरेको भएपनि यस वर्ष भने सो एजेण्डा साधारणसभामा राखिएको छैन ।

    बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर १३ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्