News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई दराजमा सामान किन्दा छुट हुने

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०८०
    १६४ पटक
    २५ कार्तिक, २०८०

    काठमाडौं । ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराज बीच सम्झौता भएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल र अनलाइन बजार दराज केयमुबीच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ (कार्तिक २५ गते) देखि लागू हुने कम्पनीले जनाएको छ ।

    सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २,५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । माथि उल्लिेखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

    बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्