News Portal

  • एभरेष्ट बैंकको अध्यक्षमा डा.वैद्य नियुक्त, ग्रहण गरे गोपनियताको शपथ

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०८०
    १८३ पटक
    २४ कार्तिक, २०८०

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । बैंकको कार्तिक २३ गते सम्पन्न ३६० औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो ।

    साथै उनले आज कार्तिक २४ गतेका दिन नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहेका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन् ।

    राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसक्नु भएका डा. बालगोपाल वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै, उनी बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेका थिए ।
    प्रतिकृया दिनुहोस्