News Portal

  • शिखर इन्स्योरेन्सको १९औं वार्षिकोत्सवः वीरगञ्ज शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ कार्तिक, २०८०
    १५८ पटक
    २२ कार्तिक, २०८०

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीको वीरगञ्ज शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शाखामा आयोजना भएको उक्त कार्यक्रममा बीमा प्राधिकरणका प्रतिनिधि, कम्पनीका कर्मचारी, निप्सका पदाधिकारी लगायत ४५ जना भन्दा धेरैले रक्तदान गरेका हुन् ।

    कार्यक्रमको संयोजन शाखा प्रमुख नितेश कुमार दासले गरेका थिए । कम्पनीले स्थापना दिवसको अवसरमा कार्तिक २१ गतेदेखि रक्तदान कार्यक्रम सुरु गरेको हो । हिजो बागमती प्रदेश अन्तर्गत उपत्यका भन्दा बाहिरका शाखा कार्यालयहरु नौबिसे र चनौलीमा, गण्डकी प्रदेश बाट कावासोतीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो भने कोशी प्रदेशबाट विराटनगर, इटहरी र विर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

    त्यस्तै, आज कार्तिक २२ गते सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढीमा, लुम्बिनी प्रदेशबाट दाङ र बुटवलमा, गण्डकी प्रदेश बाट पोखरामा, बागमती प्रदेश उपत्यका बाहिरबाट धादिङ, टाँडी, हेटौडा र नैबिसे तथा उपत्यका भित्र भक्तपुर र गोंगबुमा उक्त कार्यक्रम संचालन गरिरहेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्