आर्थीकसंसार संवाददाता२२ कार्तिक, २०८०

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवनको अमृतचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
मनकामना अस्पताल, भरतपुरको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा १८५ जना व्यक्तिहरुले स्वास्थ्य परिक्षण गरेका छन् । अस्पतालका वरिष्ठ फिजिसियन उत्सव अधिकारी समेतको स्वास्थ्य टोलीले उक्त कार्यक्रममा स्वास्थ्य परिक्षण गरेको बैंकले जनाएको छ ।
बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्दैछ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहिवार सम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।