News Portal

  • सानिमा बैंकका ग्राहकले दराज ११ः११ अफरमा २० प्रतिशत छुट पाउने

    आर्थीकसंसार संवाददाता२२ कार्तिक, २०८०
    १५८ पटक
    २२ कार्तिक, २०८०

    काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दराज ११ः११” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिनेछ ।
    ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु २,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु २,५०० सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

    योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिनेछ । यस योजना २०८० कार्तिक २५ देखि २०८० मंसिर ६ गतेसम्म १२ दिनका लागि लागू हुनेछ ।

    सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस्