News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको लागि गर्यो एक करोड सहयोग

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०८०
    १७५ पटक
    २१ कार्तिक, २०८०

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको सहायतालागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो ।

    बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई मङ्गलबार एक करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको छ ।

    भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति बैंक हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै, बैंक घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ ।

    प्रतिकृया दिनुहोस्