News Portal

  • सानिमा बैंकले भूकम्प पीडितलाई २५ लाख दिने

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०८०
    २५७ पटक
    २० कार्तिक, २०८०

    काठमाडौं । सानिमा बैंकले जाजरकोट भूकम्प पीडितको सहायताका लागि २५ लाख रूपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ ।

    भूकम्प प्रभावितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रूपैयाँ आर्थिक सहयोग जम्मा गर्ने निर्णय भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बैंकले भूकम्पबाट ज्यान गुमाएका परिवारप्रति समवेदना र घाइतेहरूको स्वस्थ लाभको कामनासमेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्