News Portal

  • कामना सेवाको वार्षिकोत्सवमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०८०
    ७५ पटक
    २० कार्तिक, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकले स्थापनाको १७औं वर्षमा प्रवेशको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ ।

    बुटवल-भैरहवा-सुनौली सडकखण्डका विभिन्न स्थानमा ती बोर्ड राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक बजिरसिंह विष्टले जानकारी दिए । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनको उपस्थितिमा सम्पन्न कार्यक्रममा बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुसाललगायतका कर्मचारीको सहभागिता थियो ।

    त्यस्तैगरी, बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरी कार्यालय वालिङलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । वालिङ क्षेत्रका विभिन्न स्थानमा ती बोर्ड राखिने बैंकले जनाएको छ । बैंकका पोखरा क्षेत्रका क्षेत्रीय प्रमुख विष्णुप्रसाद गौतमले ती बोर्ड ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन् ।

    बैंकको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुटवल हिलपार्कस्थित कामना सेवा पार्कमा सरसफाइ कार्यक्रम गरिएको छ । स्वच्छ वातावरण र हरियालीलाई संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त पार्कलाई कामना सेवा विकास बैंकले संरक्षण र प्रवर्धन गर्दै आएको छ । सरसफाइ कार्यक्रममा बुटवल क्षेत्रका कर्मचारीको उपस्थिति थियो ।

    बैंकले १७औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रुपमा १७ कार्यक्रम गरिरहेको छ । बैंकले शुक्रबारदेखि विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । कार्यक्रम बिहीबारसम्म हुने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्