News Portal

  • सीबीफीनले भूकम्प प्रभावितका लागि तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउने

    आर्थीकसंसार संवाददाता१९ कार्तिक, २०८०
    ८८ पटक
    १९ कार्तिक, २०८०

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले भूकम्प प्रभावित सर्वसाधारणका लागि तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । सीबीफीनले गत शुक्रबार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेकोमो दुःख व्यक्त गरेको छ ।

    सीबीफीनले भूकम्पबाट पीडितको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनरस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत् तत्कालका लागि सहयोग उपलब्ध गराउने घोषणा गरेको बताएको छ ।

    साथै उसले राहत सामग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पु¥याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउन पनि सम्बन्धित् प्रदेश, जिल्ला तथा स्थानीय निकायहरुमा सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।
    प्रतिकृया दिनुहोस्