आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०८०

काठमाडौं । ग्लोबल आइएमई बैंकले चाबहिल शाखामा रहेको लकर स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ७ केएल टावरस्थित चाबहिल शाखाको लकर स्थानान्तरण गर्ने जनाएको छ ।
बैंकले उक्त चाबहिल शाखाको लकर सोही वडाको चाबहिल सेन्ट्रल प्लाजामा रहेको भवनको पहिलो तल्लामा स्थानान्तरण गरी कात्तिक २६ गते आईतबारदेखि नियमित सेवा प्रदान गर्ने जनाएको छ ।