News Portal

  • नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत् कर्जा सुविधा दिने

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०८०
    १५३ पटक
    १४ कार्तिक, २०८०

    काठमाडौं । नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत् कर्जा सुविधा दिने भएको छ । सो कार्यका लागि नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि बीच सम्झौता पनि भइसकेको छ । कम्पनीले ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिसँग सहकार्य गर्दै एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रेडिट कार्डमार्फत् कर्जा सुविधा सुनिश्चित गरेको हो ।

    सम्झौताअनुसार कम्पनीका ग्राहकले आवश्यक कागजातसहित एफडी मोटर्सको सोरुममा गएर क्रेडिट कार्डमार्फत् किस्ता तिरेर इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्नेछन् । एफडी मोटर्सले हाल दुई वटा मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ ।

    एफ फाइबको मूल्य २ लाख ६१ हजार ९९९ रुपैयाँ छ भने एफ फाइब एको मूल्य २ लाख ९७ हजार ९९९ रुपैयाँ छ । ग्रन्थ ईभीले चाँडै एफ फाइब प्रो र एफ फाइब ए प्रो पनि बजारमा ल्याउन लागेको बताएको छ ।
    प्रतिकृया दिनुहोस्