News Portal

  • ग्लोबल आइएमईको डिजिटल दक्षिणा योजना, ग्लोबल स्मार्ट प्लस मार्फत् दक्षिणा दिँदा १० प्रतिशत क्यासब्याक

    आर्थीकसंसार संवाददाता६ कार्तिक, २०८०
    ६१० पटक
    ६ कार्तिक, २०८०

    काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस मार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ ।

    बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया दशमी २०८० को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रुपमा पैसा पठाउँदा १० प्रतिशत (एक सय रुपैयाँसम्म) बैंकको आफ्ना ग्राहकहरुलाई दक्षिणा स्वरुप तुरुन्तै क्यासब्याक पाउनेछन् । ग्राहकहरुले पैसा पठाउँदा प्रोमोकोड “दक्षिणा” लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ ।

    ग्लोबल आइएमइ बैंकको ग्लोबल स्मार्ट एप प्रयोगकर्ता ग्राहकहरूले २०८० कार्तिक ७ गते विजया दशमीको दिन बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बैंकको दक्षिणा पाउने बैंकले जनाएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी समय सापेक्ष रुपमा बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा कार्यालय, ३७१ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्