News Portal

  • कामना सेवाको पहिलो त्रैमासमा चमत्कार, नाफा करीब दोब्बरले बढ्यो

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०८०
    ३०५ पटक
    ३ कार्तिक, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने पहिलो विकास बैंक बनेको छ ।

    चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ११ करोड ९५ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १५ लाख खुद नाफा गरेको कम्पनीको नाफा १८७ दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ ।

    कम्पनीको संचालन नाफा २०३  दशमलव ३३ प्रतिशतले वृद्धि हुँदै १८ करोड पुगेको छ भने खुद ब्याज आम्दानी भने ६ दशमलव ०१ प्रतिशतले घट्दै ४९ करोड ९ लाख पुगेको छ । त्यस्तै कम्पनीको वितरणयोग्य नाफा २ करोड ५६ लाख रहेको छ ।

    ३ अर्ब २८ करोड चुक्ता पुँजी भएको कम्पनीको रिटेण्ड अर्निङमा २ करोड ५६ लाख र जगेडामा १ अर्ब ५२ करोड रहेको छ । ५४ अर्ब ८३ करोड निक्षेप संकलन गरेको बैंकले ग्राहकलाई ४३ अर्ब ५१ करोड कर्जा प्रवाह गरेको छ ।

    प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ ५७ पैसा, खराब कर्जा ३ दशमलव ४८ प्रतिशत र प्रति शेयर नेट्वर्थ १४७ रुपैयाँ १८ पैसा छ ।

    प्रतिकृया दिनुहोस्