News Portal

  • सानिमा बैंकले ल्यायो सजिलो ई बैंकिङ सेवा, मंसिर ३ गतेसम्म लागू हुने

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०८०
    २४८ पटक
    ३ कार्तिक, २०८०

    काठमाडौं । सानिमा बैंकले सानिमा सजिलो ई बैंकिङ सेवा ल्याएको छ । बैंकले एफवान सफ्टको सहकार्यमा उक्त योजना ल्याएको हो ।
    यो योजना असोज २८ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने छ ।

    यस अन्तर्गत मोबाइल बैंकिङ्गबाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जाना ग्राहकहरु बिजेता हुन सक्नेछन् । यसमा सहभागीताका लागी ग्राहकहरुले न्युनतम ५०० रुपैयाँको टपअप, १०० रुपैयाँको डाटा प्याक र २०० रुपैयाँको रकमान्तर गर्नुपर्ने हुन्छ ।

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

    सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्