News Portal

  • विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता दिँदै एनबीए र फाइनान्सियल लिटरेसी

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०८०
    १४२ पटक
    ३ कार्तिक, २०८०

    काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) तथा फाइनान्सियल लिटरेसी नेपालबीच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो सम्झौता पत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा तथा फाइनान्सियल लिटरेसी नेपालका तर्फबाट मुख्य प्रबन्धक रमेश शर्माले हस्ताक्षर गरे । समझदारी अनुसार नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालले संयुक्त रुपमा विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्नेछन् ।

    नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जीवी नेपालको उपस्तिथीमा भएको उक्त कार्यक्रममा फाइनान्सियल लिटरेसी नेपालको तर्फबाट भुवन दाहाल, निरज गिरि, रमेश शर्मा तथा नेपाल बैंकर्स संघका तर्फबाट सुनिल के.सी र अनिल शर्मा उपस्थित थिए ।

    सो समारोहमा बोल्दै पूर्व गभर्नर डा. चिरन्जीवी नेपालले दुबै संस्था मिलेर वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाउदा थप प्रभावकारी हुनुका साथै आगामी दिनहरुमा यसले सार्थक भूमिका खेल्ने बताए ।

    यसैगरी संघका अध्यक्ष सुनिल के.सी.ले यस सम्झौताले वित्तीय साक्षरता तथा बैंकिङ्ग प्रवर्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे । फाइनान्सियल लिटरेसी नेपालका अध्यक्ष भुवन दाहालले सम्झौता अनुसार संयुक्त रुपमा विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरिने व्यवहोरा जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्