News Portal

  • सानिमा बैंकको १९औं साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    आर्थीकसंसार संवाददाता२ कार्तिक, २०८०
    ८६ पटक
    २ कार्तिक, २०८०

    काठमाडौं । सानिमा बैंक लिमिटेडको आज १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौंमा सम्पन्न भएको हो ।

    सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५ दशमलव ७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।। सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

    साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु सभाले पारित गरेको छ ।

    आर्थिक बर्ष २०७९/८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २१५.६४ अर्ब, कुल निक्षेप रु. १७८.८५ अर्ब तथा खुद कर्जा सापटी रु १४९.८७ अर्ब रहेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले बृद्धि गरेको छ ।

    बैंकको वित्तिय परिसूचक असार मसान्त २०८० सम्म निष्क्रिय कर्जा १ दशलमव ३१ प्रतिशत, पुँजीकोष १४.४२ प्रतिशत, तरलता ३०.०१ प्रतिशत, कर्जा निक्षेप अनुपात (मासिक औसत) ७९ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्