News Portal

  • आरविवि मर्चेन्टले १३.१६ प्रतिशत लाभांश दिने

    आर्थीकसंसार संवाददाता३० असोज, २०८०
    ९१ पटक
    ३० असोज, २०८०

    काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको प्रस्तावित १३.१६ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको ८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

    राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आठौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भयो । सञ्चालक समितिका अध्यक्ष देवेन्द्र रमण खनालको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु, आ.व. २०७९/०८० को नाफाबाट कम्पनीको चुक्ता पुँजीको १३.१६ प्रतिशत नगद लाभाशं (कर सहित) र आ.व. २०८०/८१ को बाह्रय लेखापरिक्षक नियुक्त गर्ने प्रस्तावहरु पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्