आर्थीकसंसार संवाददाता३० असोज, २०८०
३० असोज, २०८०काठमाडौं । एभरेष्ट बैंकको प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न बैंकको २९ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०।५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश पाउने छन् ।