News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले ५ वटा शाखा कार्यालय सञ्चालन गर्दै

    आर्थीकसंसार संवाददाता२९ असोज, २०८०
    ३१२ पटक
    २९ असोज, २०८०

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ५ वटा शाखा कार्यालय सञ्चालनका लागि घर भाडामा लिने भएको छ । बैंकले फिदिम, हिले, झापा बजार, सिजुबजार र भुटाहा शाखा कार्यालयका लागि घरभाडामा लिने भएको हो ।

    बैंकको मुख्य बजार क्षेत्रभित्र पानी, बत्ती बिजुली, टेलिफोन, पार्किङ सुविधा, घरको भुई तल्लामा एटिएम मेसिन जडान गर्ने सुविधा, जेनेरेटर, सौर्य ऊर्जा उपकरण राख्ने सुविधा, सुरक्षा एवं बैंकिङ व्यवस्था सञ्चालन गर्न उपयुक्त व्यापारिक क्षेत्रमा कम्तीमा २ वटा ट्वाइलेट भएको सुविधा सम्पन्न पक्की घर भाडामा लिने भएको हो ।

    इच्छुक घरधनीहरूले आफूले मासिक भाडामा दिन चाहेको रकम उल्लेख गरी घरको चार किल्ला प्रमाणपत्र, जग्गा धनीको प्रमाण पुर्जा, नेपाली नागरिकताको प्रतिलिपि, घरको नक्सा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोलपत्र पेस गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्