News Portal

  • नबिल बैंकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो सूचना

    आर्थीकसंसार संवाददाता२६ असोज, २०८०
    ४४२ पटक
    २६ असोज, २०८०

    काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा मोबाइल नम्बर अपडेट (अद्यावधिक) गर्न आग्रह गरेको छ । बैंकले शुक्रवार एक सूचना प्रकाशित गर्दै ग्राहकलाई यस्तो जानकारी दिएको हो । बैंकले आफ्ना ग्राहकलाई खातामा भएका कारोबारहरुको जानकारी मोबाइलमा एसएसएसमार्फत दिँदै आएको छ ।

    यदि त्यस्तो एसएमएस प्राप्त भइरहेको छैन भने आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखामा सक्कल नागरिकता वा फोटोसहितको अन्य कुनै परिचयपत्रसहित आफैँ उपस्थित भई मोबाइल नम्बर आफ्नो खातामा अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ । बैंक खातामा मोबाइल नम्बर आगामी कात्तिक २४ गतेभित्र अद्यावधिक गर्न भनेको छ ।

    प्रतिकृया दिनुहोस्