आर्थीकसंसार संवाददाता२६ असोज, २०८०
२६ असोज, २०८०काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अनलाईन एकाउन्ट ओपनिङ सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैकबाट ग वर्गको इजाजत प्राप्त उक्त कम्पनीले बिहीबारदेखि स्तरोन्नतिसहितको यो अनलाईन एकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको हो ।
देश र विदेशमा रहेका नेपालीहरुलाई खाता खोली बैकिङ काराबार गर्न अनलाईन एकाउन्ट ओपनिङ सेवा प्रदान गर्दै आएकोमा थप वित्तीय सेवासहित सो सेवालाई स्तरोन्नति गरी अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको कम्पनीले जनाएको छ ।