News Portal

  • नबिल बैंकले दशैंका लागि यी ५ शाखाबाट मात्रै नयाँ नोट साट्ने

    आर्थीकसंसार संवाददाता२६ असोज, २०८०
    २५३ पटक
    २६ असोज, २०८०

    काठमाडौं । नबिल बैंकले विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ ।

    बैंकका अनुसार असोज २९ गतेदेखि लाजिम्पाट, गुसिंगल, मंगलबजार, कमल बिनायक र बौद्ध रामहिटी शाखाबाट मात्रै नयाँ नोट सटही सुविधा प्रदान गर्नेछ ।

    साथै, उक्त शाखाबाट बिहान ११ बजेदेखि २ बजेसम्म र शुक्रबार बिहान १ बजेसम्म मात्रै नोट सटही सेवा दिने बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध हुने छन् ।

    प्रतिकृया दिनुहोस्