News Portal

  • सलिकोले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई दियो ५ लाख रुपैयाँ

    आर्थीकसंसार संवाददाता२५ असोज, २०८०
    १६८ पटक
    २५ असोज, २०८०

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।

    कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विन्ध्यवासिनी धार्मिक क्षेत्र समिति पोखराद्वारा सञ्चालित उक्त चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि सो रकम बराबरको सहयोग गरेको हो ।

    सलिकोले सामाजिक कार्यको लागि गरेको यो सहयोगबाट कम्पनी व्यवसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पुग्ने कम्पनीको विश्वास छ ।

    व्यवसायिक समाजिक उत्तरदायित्वमा सचेत सलिकोले यसअघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको कम्पनीले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्