News Portal

  • गरिमा विकास बैंकद्धारा तीन क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ असोज, २०८०
    १३४ पटक
    २४ असोज, २०८०

    काठमाडौं । गरिमा विकास बैंकले पश्चिमका तीन क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय जागरुकता सम्बन्धी जानकारी विद्यालय स्तरबाट नै सुरु हुनुपर्दछ भन्ने उद्देश्यका साथ कास्की, पर्वत र बागलुङ जिल्लाका क्याम्पसहरुमा बृहत् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

    पोखराको त्रिवेणी इन्टरनेशनल कलेज, कुस्माको हिमालय उच्च माध्यमिक विद्यालय र बागलुङको धौलागिरि बहुमुखी क्याम्पसका विद्यार्थी र शिक्षकहरु उक्त कार्यक्रमबाट लाभान्वित भएका छन् ।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको उपस्थिति थियो । प्रमुख कार्यकारी अधिकृत ढकालले विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै सर्वप्रथम विद्यार्थीहरु आफैं वित्तीय साक्षरता बारे राम्रोसँग बुझ्नुपर्ने र आफ्ना अभिभावकहरुलाई पनि बुझाउनुपर्ने बताएका छन् ।
    प्रतिकृया दिनुहोस्