News Portal

  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लिफान नेपालको ईभि स्कुटरको खरिदमा विशेष छुट

    आर्थीकसंसार संवाददाता२४ असोज, २०८०
    ३४६ पटक
    २४ असोज, २०८०

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको ईभि स्कुटरहरुको खरिदमा विशेष छुट हुने भएको छ ।

    मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता ‘पिनाकल मोटोराड’ सँग लिफान नेपालको ईभि स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

    यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले पिनाकल मोटोराडको नागपोखरी र भरतपूरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका ईभि स्कुटरहरुको खरिदमा विशेष क्यास छुट र एक्सेन्जमा समेत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसस नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । ‍

    प्रतिकृया दिनुहोस्