News Portal

  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद लाभांश कति ?

    आर्थीकसंसार संवाददाता२४ असोज, २०८०
    १४० पटक
    २४ असोज, २०८०

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २३ गते बसेको बैठकले गत वर्षको नाफाबाट ११.०५ को लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

    बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्ने छन् ।

    प्रतिकृया दिनुहोस्