आर्थीकसंसार संवाददाता१९ असोज, २०८०
१९ असोज, २०८०काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गरेको छ । उक्त सभा होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा सम्पन्न भएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशतका दरले हुने आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनश शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।