News Portal

  • नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत

    आर्थीकसंसार संवाददाता१६ असोज, २०८०
    २०७ पटक
    १६ असोज, २०८०

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका १४ लाख १८ हजार ३६६ थान ऋणपत्र असोज १६ गते नेप्सेमा सूचीकृत भएको हो ।

    ९ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८९’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै असोज १७ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

    बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

    प्रतिकृया दिनुहोस्