News Portal

  • सानिमा रिलायन्स लाइफले शुरु गर्यो शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान

    आर्थीकसंसार संवाददाता१६ असोज, २०८०
    १६४ पटक
    १६ असोज, २०८०

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही असोज १६ गते देखि २६ गतेसम्म लागू हुनेछ ।

    पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख व्यतित रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्ने हुनाले बीमालेख नवीकरण गर्न कम्पनीले आग्रह गरेको छ ।

    हरेक नेपालीलाई बीमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्