News Portal

  • यी हुन् सिटिजन्स बैंकका ठूला लगानीकर्ता, सीआईटी सबैभन्दा ठूलो मालिक

    आर्थीकसंसार संवाददाता१६ असोज, २०८०
    २४२ पटक
    १६ असोज, २०८०

    काठमाडौं । सिटिजन्स बैंकमा २६ व्यक्ति तथा कम्पनीको ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व रहेको छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार २६ लगानीकर्ताको २७.२३ प्रतिशत अर्थात् ३ अर्ब ८६ करोड ६३ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ ।

    बैंकमा सबैभन्दा धेरै नागरिक लगानी कोषको ३.३५ प्रतिशत अर्थात् ४७ करोड ५९ लाख १२ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ । उर्मिला पाण्डेको ३.३० प्रतिशत अर्थात् ४६ करोड ९२ लाख ६८ हजार रुपैयाँ, तारा विष्टको १.६५ प्रतिशत अर्थात् २३ करोड ४३ लाख ५१ हजार रुपैयाँ, बिजेन्द्र जोशीको १.५९ प्रतिशत अर्थात् २२ करोड ५३ लाख ६५ हजार रुपैयाँ, मनोहर दास मूलको १.३७ प्रतिशत अर्थात् १९ करोड ४६ लाख ७७ हजार रुपैयाँ र दिग्विजय बिष्टको १.३० प्रतिशत अर्थात् १८ करोड ४६ लाख ८६ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

    यस्तै, पवित्र कुमार कार्कीको १.२८ प्रतिशत अर्थात् १८ करोड १९ लाख ५४ हजार रुपैयाँ, रविन्द्र मान सिंह प्रधानको १.२८ प्रतिशत अर्थात् १८ करोड १३ लाख ७६ हजार रुपैयाँ, सावित्री शर्माको १.१८ प्रतिशत अर्थात् १६ करोड ८१ लाख २१ हजार रुपैयाँ, रमेश शर्माको १.०१ प्रतिशत अर्थात् १४ करोड ३९ लाख ८८ हजार रुपैयाँ, सोनी जोशीको ०.९४ प्रतिशत अर्थात् १३ करोड ३२ लाख २९ हजार रुपैयाँ, अर्जुन प्रसाद शर्माको ०.८४ प्रतिशत अर्थात् ११ करोड ९९ लाख २९ हजार रुपैयाँ, जगन्नाथ ज्ञवाली ०.७३ प्रतिशत अर्थात १० करोड ३९ करोड २४ हजार रुपैयाँ र डा.शंकर प्रसाद शर्माको ०.७३ प्रतिशत अर्थात् १० करोड २९ लाख ७८ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

    यस्तै, सुलोचन राजभण्डारीको ०.६८ प्रतिशत अर्थात् ९ करोड ६७ लाख ३४ हजार रुपैयाँ, नरेन्द्र कुमार देव भट्टको ०.५९ प्रतिशत अर्थात् ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ, प्रमिला नेपालको ०.५६ प्रतिशत अर्थात् ७ करोड ८८ लाख ६३ हजार रुपैयाँ, रमिता भट्टराईको ०.५४ प्रतिशत अर्थात् ७ करोड ६८ लाख ७९ हजार रुपैयाँ र मनिता भट्टराईको ०.५४ प्रतिशत अर्थात् ७ करोड ६७ लाख ३७ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

    प्रताप जंग पाण्डेको ०.५२ प्रतिशत अर्थात् ७ करोड ४३ लाख ३१ हजार रुपैयाँ, राजेश खड्काको ०.५१ प्रतिशत अर्थात् ७ करोड २५ लाख ५१ हजार रुपैयाँ, राम प्रसाद श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ७ करोड २३ लाख २७ हजार रुपैयाँ, प्रेम बहादुर श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ७ करोड १८ लाख २५ हजार रुपैयाँ, एस्.आर. हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को ०.५० प्रतिशत अर्थात् ७ करोड १५ लाख ८३ हजार रुपैयाँ र अनिल कुमार ढुङ्गेलको ०.५० प्रतिशत अर्थात् ७ करोड १० लाख ७७ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

    प्रतिकृया दिनुहोस्