काठमाडौं । बितेको २४ घण्टामा देशभर थप २ हजार ७ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमित ३५ हजार ४ सय ३५ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार हाल देशभर कुल संक्रमित १ लाख ९१ हजार ६ सय ३६ जना रहेका छन् भने निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ हजार २ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ ।
काठमाडौं उपत्यकामा १ हजार ५ सय १२ संक्रमित थपिए, देशभर ७६ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०८७ रहेको छ भने पछिल्लो २४ घण्टामा १७ जनाले ज्यान गुमाएका छन् ।
आज १० हजार ४ सय २३ जनाको पीसीआर भएसँगै हालसम्म कुल पीसीआर परीक्षण संख्या १५ लाख २७ हजार ७ सय ६६ पुगेको छ । यस्तै हाल देशभर १ हजार १ सय ४४ जना क्वारेन्टिनमा रहेको पनि मन्त्रालयले जनाएको छ । हाल मनाङ र बाजुराबाहेक अरु जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।
देशभर थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि
आर्थीकसंसार संवाददाता२२ कार्तिक, २०७७
२२ कार्तिक, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने