News Portal

  • माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्ने

    आर्थीकसंसार संवाददाता७ असोज, २०८०
    १७८ पटक
    ७ असोज, २०८०

    काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।

    त्यसैले आज असोज ७ गते आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

    बैंकले २५ औं वार्षिक साधारण सभा असोज १८ गते पोखरामा बिहान ११ बजे बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

    त्यसैगरी, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

    प्रतिकृया दिनुहोस्