News Portal

  • एनएमबि बैंकले सार्वजनिक गर्यो एनएमबि बुद्ध भिसा डेबिट कार्ड

    आर्थीकसंसार संवाददाता४ असोज, २०८०
    १५५ पटक
    ४ असोज, २०८०

    काठमाडों । एनएमबि बैंकले बुद्ध एयरसँगको सहकार्यमा एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले कार्ड सार्वजनिक गरेका हुन् ।

    बैंकले अजय रत्न शाक्यलाई पहिलो कार्ड प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बुद्ध एयरको सहकार्यमा कार्ड जारी गर्न पाउँदा खुसी व्यक्त गर्दै बैंकिङ क्षेत्रमा ऐतिहासिक हुने हुने विश्वास व्यक्त गरे । उनका अनुसार यो कार्ड अन्य बैंकमा प्रयोग गर्दा पनि कुनै शुल्क लाग्ने छैन । यस कदमसंगै एमएमबि बैंक पनि पर्यटन क्षेत्रको विकासको योगदानमा सहभागी भएको बताए ।

    त्यस्तै बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बस्नेतले बैंकसंग सहकार्य गर्न पाउँदा खुसि व्यक्त गर्दै वि च्याटमार्फत चीनबाट अनलाइनको माध्यमबाट टिकट काट्न सकिने र यसले पर्यटनको साथै समग्र देशको अर्थतन्त्रमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
    प्रतिकृया दिनुहोस्